Like us!
Follow us!

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन, घट्यो नगद र बोनस

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन, घट्यो नगद र बोनस

लगानी खबर, काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले  गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । संस्थाको आ.व.२०७७/७८ को स्वीकृत अन्तिम लेखापरिक्षण प्रतिवेदनमा कर सम्बन्धि व्यवस्थामा फेरबदल हुने अवस्था भएकाले लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश अनुसार अब संस्थाले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश गरि कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गर्नेछ भएको छ । 

यसअघि संस्थाका सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सूचना हेर्नुहोस् :

61de689309c18.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।