Like us!
Follow us!

थप २४४४ जनामा संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

थप २४४४ जनामा संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ हजार ४ सय ४४ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ३ सय १३ जना निको भएर घर पर्किएका छन् भने १ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६ सय ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ९ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।