Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै एनएमबि बैंक

संस्थापक सेयर बिक्री गर्दै एनएमबि बैंक

लगानी खबर, काठमडौं एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले १ लाख ४९ हजार ६ सय ९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य २ सय २० रूपैयाँ तोकिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।