Like us!
Follow us!

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित

लगानी खबर, काठमाडौं - प्रोग्रेशिभ फाइनान्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीको पौष २६ गते (सोमबार) बसेको संचालक समितिको बैठकले साधारण सभा स्थिगित गरेको हो । 

बढ्दो कोभिड १९ को महामारी एवं कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित भएको हो ।

यस अधि कम्पनीले साधारण सभा षौष ३० गते (शुक्रबार) आह्वान गरेको थियो । त्यस्तै, साधारण सभा प्रयोजनका लागि गरिएको सेयर दाखिल खारेज (बुक क्लोज) लाई साबिककै कायम गरिएको कम्पनीले जनाएको छ । 

सूचना हेर्नुहोस् :

 

61dd12562c206.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।