Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने समय थप, कहिलेसम्म दिन पाइन्छ ?

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने समय थप, कहिलेसम्म दिन पाइन्छ ?

लगानी खबर, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद आवेदन दिने समय थप भएको छ । बैंकको हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।  बैंकले १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पौष ७ गतेबाट निष्कासन गरिएको उक्त हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

बैंकको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

61dceb31571d3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।