Like us!
Follow us!

थप १४४६ जनामा संक्रमण पुष्टि, २५५ जना निको

थप १४४६ जनामा संक्रमण पुष्टि, २५५ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप १ हजार ४ सय ४६ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय २९ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा २ सय ५५ जना निको भएर घर पर्किएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।