Like us!
Follow us!

बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले गुमाए

बजार बढ्दा पनि यी १० कम्पनीका लगानीकर्ताले गुमाए

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक घटेको छ । आज फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर ९ रुपैयाँ १७ पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : चन्द्रागिरि हिल्स, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, ९ प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०८१/८२, अपि पावर र ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ रहेका छन् । 

61dc0a7c8a7aa.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।