Like us!
Follow us!

बढेको बजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

बढेको बजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ ।

बढेको बजारमा आज गोर्खाज फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । आज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७ रूपैयाँको कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल टेलिकम, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर, नेशनल हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स,  अरुण भ्याली हाइड्रोपावर र एनआसी एशिया बैंक लिमिटेड रहेका छन् । 
 

61dc05197dde8.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।