लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ ।
बढेको बजारमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : युनियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, गोर्खाज फाइनान्स, रुरु जलविद्युत परियोजना, नेशनल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर र एनएमबि ५० रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।