Like us!
Follow us!

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा, भत्ता नपाएसम्म घर नफर्किने

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा, भत्ता नपाएसम्म घर नफर्किने

लगानी खबर, काठमाडौं - सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन् ।

वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् । प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए ।

भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकहरूको भनाई  छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।