Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सको आकर्षक लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नेशनल माइक्रोफाइनान्सको आकर्षक लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आकर्षक लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २७ गतेदेखि गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँँ वार्षिक साधारण सभा माघ ६ गते, बिहीबार क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ । 
 
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।