Like us!
Follow us!

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने, कति दिने आवेदन ?

एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्ने, कति दिने आवेदन ?

लगानी खबर, काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको ८.५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । मंसिर २४ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्मसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61da34f96fd9a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।