Like us!
Follow us!

सहारा विकास बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

सहारा विकास बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

लगानी खबर, काठमाडौँ - सहारा विकास बैंक लिमिटेडले श्रावण ३० गते शुक्रबारदेखि भाद्र २३ गते मंगलबारसम्म लिलामी मार्फत बिक्री गरेकाे संस्थापक शेयरमा परेका बाेलपत्रहरू आज (भाद्र ३० गते, मंगलबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू दिउँसाे २:३० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा खाेलिनेछ । कोराेना भाइरस काेभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७०  कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f601b6985d88.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।