लगानी खबर, काठमाडाैँ - आज (पौष २३ गते, शुक्रबार) विभिन्न ३ वटा कम्पनीको साधारण सभा हुँदैछ । ज्योति विकास बैंक लिमिटेड, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुन लागेको हो ।
ज्योति विकास बैंकको बीसौँ वार्षिक साधारण सभा आज पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्बबाट बृद्धि गरि ८ अर्ब बनाउने प्रस्ताव समेत पनरित गर्ने छ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज पौष २३ गते हुँदैछ ।
सभाले कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । यो लाभांश हालसम्मकै कम लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
छिमेक लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिक साधारण सभा आज पुस २३ गते, शुक्रबार होटल सामना प्रा.ली मकवानपुर हेटौडा बिहान ११:०० बजेबाट सूरु हुनेछ ।
सभाले संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।