लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ ।
बजार बढ्दा कारोबार रकममा आज अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६ सय ६८ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार भएको अन्य कम्पनीहरुमा : क्रमश एनआइसी एशिया बैंक, नेशनल माइक्रोफाइनान्स, गरिमा विकास बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट, शिवम् सिमेन्ट, नेपाल बैंक र नबिल बैंक लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।