Like us!
Follow us!

बिहीबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

बिहीबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर  २६९२.४७ विन्दुमा पुगेको छ ।

वृद्धि भएको बजारमा आज तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ । आज यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिहीबार यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ६ सय ९३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ७५ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, आज सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : मध्य भोटेकोशी जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनआसी एशिया बैंक, माउन्टेन नेपाल इनर्जी नेपाल लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेड रहेका छन् । 

61d6b915b59e8.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।