Like us!
Follow us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, कारोबारमा अपि पावर अब्बल

दाेहाेराे अंकले बढ्याे सेयर बजार, कारोबारमा अपि पावर अब्बल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । अघिल्लो दिन हिजाे ३०.७५ अंकले घटेको बजार आज भने  बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ । नेप्से १.६३ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ विन्दुमा पुगेको छ ।  

कूल २३८ वटा कम्पनीको ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९  रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर बढेको छ भने २ उपसमूहको सेयर घटेको छ । 

बजार बढ्दा आज कारोबार रकममा अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६ सय ६८ रूपैयाँको कारोबार भएको छ । 

बिहीबार तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेकाे छ । आज यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५को इकाइ मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको इकाई मूल्य ३. ५३ प्रतिशतले घटेर १ हजार ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61d6b69e059ba.JPG 61d6b6a1b2ecd.JPG 61d6b6a42110c.JPG 61d6b6a7adf09.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।