Like us!
Follow us!

स्वास्थ्यकर्मीलाई छक्याएर यी बृद्धले लगाए कोभिडविरुद्ध ११ डोज खोप

स्वास्थ्यकर्मीलाई छक्याएर यी बृद्धले लगाए कोभिडविरुद्ध ११ डोज खोप

लगानी खबर, काठमाडौं - विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएको बताएका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर त्यति धेरै खोप लगाएका हुन् । एउटा स्थानीय स्वास्थ्य केन्द्रमा १२औं डोज लगाउन जाँदा उनी पक्राउ परेका थिए । 

विभिन्न परिचय पत्र र छिमेकीहरुको मोवाईल नम्बर प्रयोग गरेर उनले खोप लगाएका थिए । खोपले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको मण्डलले बताएका छन् । हरेक महिना कम्तिमा एक डोज खोप लगाएका उनले सेप्टेम्बरमा भने तीन डोज लगाएका थिए । 

खोप लगाउन उनले आधार कार्ड, मतदाता परिचय पत्रलगायतका कागजात प्रयोग गरेका थिए । उनले आधार कार्ड र मोवाईल नम्बर देखाएर आठ पटक खोप लगाएका थिए भने तीन पटक पत्निको मोवाइल नम्बर लेखाएका थिए । हुलाक कार्यलयका पूर्वकर्मचारीसमेत रहेका उनीबारे स्वास्थ्य अधिकारीहरुले छानविन सुरु गरेका छन् ।

 भारतमा एउटै व्यक्तिले अत्यधिक धेरै कोभिड खोप लगाएको यो पहिलो पटक हो । यसअघि पनि केही व्यक्तिले लुकीछिपी चार पाँच पटक खोप लगाएको दाबी गरेका थिए ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।