Like us!
Follow us!

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि

लगानी खबर, काठमाडौं - एसके प्रालिले भारतको सुदर्शन केमिकल इन्डस्टिजसँग च्यानल पार्टनरको रूपमा काम गर्ने भएको छ । हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमति अनुरूप एसकेले प्लास्टिक अद्योगहरूका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको कामसमेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लास्टिकजन्य विभिन्न सामग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ ।

यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामबाट सहज रूपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउने छ । यो कामले ग्राहकहरूमा पर्ने व्यवस्थापनको दबाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सुदर्शन इन्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरू उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरू प्लास्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रशाधन र विशेष उद्योगका उत्पादनहरूमा प्रयोग हुँदै आएको छ । सुदर्शन इन्डियाको सेल्स युनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवर्तीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रूपमा चिनिन्छ ।

विगत ४० वर्षदेखि वितरकको रूपमा काम गर्दै आइरहेको एसके प्रालि प्लास्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ ।

सुदर्शनसँग च्यानल पार्टनरको रूपमा काम गर्न पाउँदा आफूहरू उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक एल.एन. सिंहले बताए । उनका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्दत पुग्नेछ । यस्तै, स्थानीयस्तरमा बिक्री केन्द्रहरू खोलेर गुणस्तरीय सेवासमेत दिइने उनको प्रतिबद्धता छ । ‘हामी सधैं ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौं ।’–उनले भने ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।