Like us!
Follow us!

निक्षेप संकलनमा आक्रामक बन्दै बैंक, सिडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो

निक्षेप संकलनमा आक्रामक बन्दै बैंक, सिडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो

लगानी खबर, काठमाडाैँ - बैंकहरूकाे निक्षेप संकलन एक दिनमै ३० अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलनमा आक्रामक बन्न थालेपछि सिडी रेसियाे पनि सुधार हुँदै गएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते बैंकहरूकाे निक्षेप ४२ अर्ब ४७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ३० अर्बले बढेकाे हाे ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब १९ अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.८२ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । 

61d6998967b45.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।