Like us!
Follow us!

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौँ - आज (पौष २२ गते, बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनाी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पानी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनाी लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ४५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

61d63a55b9bdb.JPG

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पानी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ४१ रूपैयाँ ९७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।