लगानी खबर, काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको आज पौष २२ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।