लगानी खबर, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।
संस्थाको पौष २० गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ९ औँ वार्षिक साधारण सभा माघ १४ गते (शुक्रबार) धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११:०० बजेदेखि अनलाइन माध्यमबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ. व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका आ. व. २०७७/७८ सम्मको वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान ९ल्ँच्क्० बमोजिम तयार गरिएको बार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ ।
त्यसैगरी, मर्जर प्रयोजनका लागि २०७७ पुस १६ गतेदेखि सेयर कारोबार रोक्का रहेकोले यो वार्षिक साधारणसभामा सेयर दाखिला बन्द यथावत रहने संस्थाले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।