लगानी खबर, काठमाडौँ - आज (पौष २१ गते, बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिक लघुवित्त वित्तीय संस्था, मल्टीपर्पस फाइनान्सकम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय ८३ रूपैयाँ २० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ९ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६३ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १६ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।