Like us!
Follow us!

नेपाल बंगलादेश बैंकसहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

नेपाल बंगलादेश बैंकसहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ ।

वृद्धि भएको बजारमा आज नेपाल बंगलादेश बैंक लिमिटेडको सर्बाधिक कारोबार भएको छ । आज बैंकको १४ करोड ७७ लाख ५४ हजार ५ सय ५० रूपैयाँको कारोबार भएको छ । 

त्यसैगरी सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नबिल बैंक, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, गरीमा विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रोपावर र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । 

61d41b6910f64.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।