लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ ।
उच्च अंकले वृद्धि भएको बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक र श्री इन्भेष्मेन्ट फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लालेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य आज १० प्रतिशतले बढेर ३ सय ५८ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै श्री इन्भेष्मेन्ट फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिहतले बढेर ४ सय ८२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंक, ग्लोबल आइएमइ बैंक, किसान लघुवित्त, मल्टिपर्पस फाइनान्स, फस्र्ट माइक्रो फाइनान्स र सिटिजन्स बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।