Like us!
Follow us!

सेयर बजारमा उच्च वृद्धि, कारोबार रकममा नेपाल बंगलादेश बैंक अब्बल

सेयर बजारमा उच्च वृद्धि, कारोबार रकममा नेपाल बंगलादेश बैंक अब्बल

लगानी खबर, काठमाडौँ  -कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अघिल्लो दिन ३२.०३ अंकले बढेको सेयर बजार आज पनि बढेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ ।  

कूल २३४ वटा कम्पनीको ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २८  रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर बढेको छ भने २ उप समूहको सेयर घटेको छ । 

बजार बढ्दा कारोबार रकममा नेपाल बंगलादेश बैंक अब्बल देखिएको छ । आज बैंकको १४ करोड ७७ लाख ५४ हजार ५ सय ५० रूपैयाँको कारोबार भएको छ । 

मंगलबार हिमालयन सप्तकोशी डेभलपमेन्ट बैंक र श्री इन्भेष्मेन्ट फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ । त्यस्तै, आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीकाे सेयर मूल्य ७.५० प्रतिशतले घटेर ४ सय १० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका  :

61d414dd8b4e3.JPG 61d414df85cf7.JPG 61d414e1666ab.JPG 61d414e354465.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।