Like us!
Follow us!

सर्वोत्तम सिमेन्टद्धारा साधारण सभा आह्वान, यस्ता छन् पारित हुने एजेन्डा

सर्वोत्तम सिमेन्टद्धारा साधारण सभा आह्वान, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको हिजो आज (पौष १८ गते मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा माघ ११ गते, (मंगलबार) सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौं तलाको हल न्यौपाने टावर, तीनकुनेमा बिहान १०:०० बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको दोश्रो वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आ.व.  २०७७/७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरिने छ । 

त्यस्तै, धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग (Book Building) विधिबाट गर्ने सम्बन्धमा छलफल गरिने, धादिङ्ग जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगगढी मा रहेको चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि रु.१५ करोड १ लाखमा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट संचालक समितिको निर्णय बमोजिम खानी खरिद गरिएको हुँदा संचालक समितिको सो निर्णयलाई अनुमोदन गरिने छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।