Like us!
Follow us!

१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने

१० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त मर्जरमा जानुपर्ने

लगानी खबर, काठमाडाैँ - बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू अनिवार्य रुपमा मर्जरमा जानुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा बढी दोहोरो लगानी भएमा अनिवार्य मर्जरमा जानु निर्देशन दिएको हो । 

यसैगरी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरु पनि मर्जरमा जानुपर्ने प्रावधान तोकिएको छ । मर्जरमा जानका लागि असार मसान्तसम्ममा राष्ट्र बैंकमा कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।