लगानी खबर, काठमाडाैँ - सेयर बजारमा राैनकता देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ ।
कूल २३० वटा कम्पनीकाे ८२ लाख ५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७८ रूपैयाँ ५८ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेको छ ।
साेमबार पनि हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ४४ लाख ७० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसैगरी, आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ७७ रूपैयाँ १० पैसा पुगेकाे छ । यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य २.५९ प्रतिशतले घटेर ९ सय ४ रूपैयाँमा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।