Like us!
Follow us!

यसकारण राष्ट्र बैंकले गर्याे यी लघुवित्तहरूकाे लाभांश राेक्का

यसकारण राष्ट्र बैंकले गर्याे यी लघुवित्तहरूकाे लाभांश राेक्का

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्तलाई मर्जर प्रकृया तोड्न अनुमति दिँदै लाभांश समेत राेक्का गरेकाे छ ।

राष्ट्र बैंकले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई डिमर्जकाे अनुमति दिएकाे हाे ।

अब यी संस्थाहरूले आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरेको भए , साधारण सभाबाट पारित गरेकाे भएतापनि शेयरयरधनीहरुलाई लाभांश वितरण गर्न भने पाउँदैनन् ।  २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएकाे छ ।

यसका साथै, यी संस्थाहरूले २०७९ असार मसान्तसम्म अर्को संस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत बञ्चित हुनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।