Like us!
Follow us!

यी २ कम्पनीको साधारण सभा आज हुँदै, कुन कम्पनीका शेयरधनीलाई कति लाभांश ?

यी २ कम्पनीको साधारण सभा आज हुँदै, कुन कम्पनीका शेयरधनीलाई कति लाभांश ?

लगानी खबर, काठमाडाैँ - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ ।

१. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे तेह्राैँ वार्षिक साधारण सभा आज पौष १९ गते, साेमबार, हाेटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा आज (पाैष १९ गते, साेमबार) हाेटल पाैवा, सिद्धार्थनगर-६, रूपन्देहीमा दिउँसाे २ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गतेबाट पाैष १९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।