Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

संस्थापक सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

लगानी खबर, काठमडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिेटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

बैंकको सेयरधनीले आफ्नो नाममा रहेको २२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्दैशन बमोजिम बैंकका सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाण्डौमा  निवेदन दिन अनुरोध गरेक गरिएकोमा निवेदन प्राप्त नभएको हुनाले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक व्यक्तिले सूचना प्रकाशन भएको १५ दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाण्डौमा  निवेदन दिन अनुरोध गरेको छ ।

सूचना हेर्नुहोस् :


 

61d13fa0db3e9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।