लगानी खबर, काठमाडौं - आज (पौष १८ गते, आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड आरएमडीसी लघुवित्त वित्तीयस संस्था लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९० रूपैयाँ ७६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

आरएमडीसी लघुवित्त वित्तीयस संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ७२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६ रूपैयाँ १३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।