Like us!
Follow us!

झ्याप झ्याप बत्ती जानुको कारण यस्तो

झ्याप झ्याप बत्ती जानुको कारण यस्तो

लगानी खबर, काठमाडौं जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले स्वीकार गरेको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ,’ घिसिङले भने, ‘लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं’

काठमाडौं उपत्यकामा ५०/६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए । 

लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् । सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ ।

यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।