लगानी खबर, काठमाडौं - आज (पौष १६ गते, शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज कृषि विकास बैंक लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, गुविल फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिस्टिलरी लिमिटेड र नबिल बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
गुविल फाइनान्स कम्पनी लिमिटेडको ९.१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।