Like us!
Follow us!

यी ३ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के-के छन् एजेन्डा ?

यी ३ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - आज (पौष १६ गते, शुक्रबार) विभिन्न ३ वटा कम्पनीको साधारण सभा हुँदैछ । घलेम्दी हाइड्रोपावर, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको साधारण सभा आज हुन लागेको हो । जसमध्ये २ वटा कम्पनीको लाभांश प्रस्ताव रहेको छ भने एक कम्पनीको सेयरधनीहरुको हात खाली हुनेछ ।

१. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे दशाैँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) धुलिखेल नगरपालिका -४, धुलिखेल, काभ्रेपलाञ्चाेकस्थित हाेटल अरनिकाे सभाहलमा बिहान ११ बजेबाट हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे नवाैँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने/गाभिने (मर्जर) काे प्रस्ताव पारित गरिनेछ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे । बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।

३. घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटे

कम्पनीको आठौँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) सासा ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव सभामा पारित गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ५ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले, पाैष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।