Like us!
Follow us!

एभरेष्ट अस्पतालमा नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज

एभरेष्ट अस्पतालमा नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज

लगानी खबर, काठमाडौं - एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।   

एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।    

बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’ 
उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् । 

पौष १६ गतेबाट २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्याबस्था पनि राखेको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।