Like us!
Follow us!

कुमारी बैंकलाई आयो सिस्टम ह्याक गर्ने धम्की

कुमारी बैंकलाई आयो सिस्टम ह्याक गर्ने धम्की

लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेडलाई सबै सिस्टम ह्याक गर्ने धम्की आएको छ । बैंकलाई साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गरिदिने धम्की आएको हो ।

धम्कीपूर्ण इमेल आएपछि बैंकले (बिहीबार) बिहान सबै सिस्टम बन्द गरेको थियो । तर बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले बिहीबार साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारी रहेको बताएका छन् । 

धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको कामु सीईओ तिमल्सिनाले जानकारी दिएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।