Like us!
Follow us!

कुमारी बैंकको १९ करोड कर्जा रकम सुरक्षित, कुशल व्यवस्थापनले जोगिए कर्मचारी !

कुमारी बैंकको १९ करोड कर्जा रकम सुरक्षित, कुशल व्यवस्थापनले जोगिए कर्मचारी !

लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेडको व्यवस्थापनमा रहेको कुशल नेतृत्वको कारण १९ करोड ऋणकर्जा प्रकरणमा बैंकका कर्मचारीहरु बैकिङ्ग कसुर मुद्दा चल्नबाट जोगिएका छन् ।

नेतृत्वको विवेकपूर्ण निर्णयका कारण उक्त प्रकरणमा बैंकबाट प्रवाह भई सकेको कर्जा  रकम समेत सुरक्षित गरेको छ। गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा  तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेको थिए ।

उक्त उजुरीमा छानविन हुँदा सरकारी वकिल कार्यालयले बैकिङ्ग कसुर मुद्दा समेत आकर्षित हुने देखिदा सो उपर समेत छानवीन गर्न व्युरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्न भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकोले बिशेष सरकारी वकिल कार्यालयले बैकिङ्ग कसुर मुद्दा चलाउन नपर्ने भनि राय व्यक्त गरेको हो ।

गायक योगश्वर अमात्यको नाममा रहेको कम्पनीको स्वामीत्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो कीर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुल उपर गराएको थियो ।

यस कार्यले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कोतिर आफ्ना कर्मचारीहरु उपर बैंकिङ्ग कसुर मुद्दा चल्नबाट जोगाएको छ ।

बैंकका का.म.प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सनाको दुरगामी सोचले गर्दा यस कर्जा प्रकरणमा संम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महशुश भएको यसै प्रकरणमा संम्लग्न एक कर्मचारीले बताए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।