Like us!
Follow us!

नेपाल फाइनान्सले डाक्यो स्थगित भएको आठ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

नेपाल फाइनान्सले डाक्यो स्थगित भएको आठ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फाइनान्सले बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा एकैचाेटी बाेलाएकाे हाे ।

फाइनान्सकाे भाद्र २८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १० गते शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसअघि, उक्त सभा भाद्र ११ गते बिहीबार, एल्लाे प्यागाेडा हाेटल कान्तिपथ, काठमाडाैँमा गर्ने भनिएकाेमा हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्युनीकरण गर्न लागू गरिएकाे निषेधाज्ञाका कारण स्थगित भएकाे थियाे ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, फाइनान्सकाे विभिन्न आर्थिक वर्षकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

फाइनान्सले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एकदिनका लागि फाइनान्सकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ साउन २५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी, सभामा फाइनान्सले निष्कासन गर्न लागेकाे हकप्रद शेयरकाे प्रस्ताव पारित गरिनेछ । फाइनान्सले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेकाे । १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फाइनान्सले २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f5f45354511c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।