Like us!
Follow us!

रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्यो, उद्घाटनमा विभिन्न अफरहरु पाइने

रियलमीको आधिकारिक सर्भिस सेन्टर खुल्यो, उद्घाटनमा विभिन्न अफरहरु पाइने

लगानी खबर, काठमाडौं - रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर खोल्ने भएको छ । कम्पनीले उक्त आधिकारिक सेवा केन्द्र सुन्धारा, काठमाडौं स्थित सिटिसि मलमा डिसेम्बर ३० मा उद्घाटन गर्ने भएको हो । 

रियलमीले आफ्ना प्रशंसकहरुलाई उक्त सेवा केन्द उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउने भएको छ । उक्त केन्द्रबाट उद्घाटनको दिन देखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउने कम्पनीले जनाएको छ । सो अवसरमा २ हप्ताको लागि २ वर्ष भन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छुट, निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर जस्ता छुट पाउने सक्ने छन् । यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको ५ औं तल्लामा रहेको छ । 

इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका सबै स्मार्टफोन ब्रान्डहरुको नयाँ मूल्य सहितको सूचि यहाँ दिइएको छ ।

यस आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न टोल–फ्रि हटलाइन नम्बर – १६६००१४३६६६ अथवा मोबाइल नम्बर – ९८१३९१५९७३ मा कल गर्न सकिने छ । थप जानकारीको लागि www.realme.com मा हेर्न सकिने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।