लगानी खबर, काठमाडौं - आज (पौष १५ गते, बिहीधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज मञ्जुश्री फाइनान्स लिमिटेड, चिलिमे हाइड्रापावर कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७० रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ सय ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
चिलिमे हाइड्रापावर कम्पनी लिमिटेडको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६७ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ७ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ११ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ]
समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६५ रूपैयाँ ३४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।