Like us!
Follow us!

सबैभन्दा बढी पुनर्कर्जा पर्यटन क्षेत्रलाई, कसलाई कति ?

सबैभन्दा बढी पुनर्कर्जा पर्यटन क्षेत्रलाई, कसलाई कति ?

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ ।

मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नाै अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ । 

ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ । 

यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कोभिड-१९ बाट प्रभावित उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनरकर्जाको व्याजदर साधारणको ५ प्रतिशत र विशेषको ३ प्रतिशत रहेको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।