Like us!
Follow us!

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

लगानी खबर, काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र ‘गरिमा डिबेञ्चर २०८५’ बाँडफाँड भएको छ । बैंकले मंसिर १६ गतेदेखि पौष १ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ५ लाख ३२ हजार १ सय २४ कित्ता ऋणपत्र पौष १३ गते, मंगलबार बाँडफाँड गरेको हो ।

बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो । 

सूचना हेर्नुहोस्  :

61cc1af443666.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।