Like us!
Follow us!

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले माघ ५ गते थापाथलीस्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, आईपीओ निष्कासनका लागि सोही अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगत लाभांश स्विकृत गर्ने, कम्पनी ऐनको दफा ७८ अर्न्तगतको प्रतिवेदन र उद्घोषण प्रस्तुत गर्ने, सञ्चालक समिति पुर्नगठन गर्ने, सञ्चालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने ७ आर्थिक वर्ष २०७८/७९ को लागि लेखा परिक्षकको नियूक्ती र निजको पारिश्रमीक तोक्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।