Like us!
Follow us!

त्रिशुली रिभरसाइड रिसोर्टले ल्यायो अङ्ग्रेजी नयाँ वर्षको अफर

त्रिशुली रिभरसाइड रिसोर्टले ल्यायो अङ्ग्रेजी नयाँ वर्षको अफर

लगानी खबर, काठमाडौं - नजिकिदै गरेको अङ्ग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक 'होलिडे डेस्टिनेसन' त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ । 

काठमाडौबाट पैंसट्ठी किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ । न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ ।

डे पिकनिकको लागि तीनपटकको खाना सहित प्रति व्यक्तिको एक हजार पाँच सय रुपैयाँको अफर छ भने र्‍याफटिङको लागि निशुल्क फोटो सहित प्रति व्यक्ति आठ सय रुपैयाँको अफर रहेको छ । जिपलाइन राइडको ओपनिङ अफरको रुपमा तीस प्रतिशत छुट सहित रु. एक हजार पचास रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सन्चालक उद्वब कँडेलले बताए ।

गतिविधि मात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेशनमा पनि छुटको व्यवस्था गरेको छ । बालकनी र कौसी सहितको एसी डिलक्स रुमको तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै ग्रुप रुमको भने प्रति व्यक्ति दुई हजार दुई सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेन्टको भने एक हजार छ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवसिय प्याकेजमा तिन पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन् । 

यो सँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ । काठमाडौं देखि रिसोर्ट र रिसोर्ट देखि काठमाडौंको लागि बसमा प्रति व्यक्ति आठ सय रुपैयाँ र सोही रुटमा निजी कार रिजर्भ गर्न चाहेमा छ हजार पाँच सय रुपैयाँ, जीपको लागि दस हजार रुपैयाँ, हायस माइक्रोको लागि बाह्र हजार पाँच सय, मिनी बसको चौध हजार र टुरिस्ट बसको बीस हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।