Like us!
Follow us!

लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको हिजो (पौष ८ गते आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा माघ १० गते, (सोमबार) क्रिक रिर्सोट, धादिङबेशी, धादिङमा बिहान ११:०० बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष २७ गते देखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २६ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूचना हेर्नुहोस् :

61ca675124350.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।