Like us!
Follow us!

छोटो समयमै अकुत सम्पत्ति कमाउन अरूको सम्पत्ति हडपेर सेयरमा लगानी : प्रचन्ड

छोटो समयमै अकुत सम्पत्ति कमाउन अरूको सम्पत्ति हडपेर सेयरमा लगानी : प्रचन्ड

लगानी खबर, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छोटो समयमै अकुत सम्पत्ति कमाउन अरूको सम्पत्ति हडपेर सेयरमा लगानी सेयर बजारमा लगानी हुने गरेको बताएका छन् ।

उनले  पेस गरेको प्रतिवेदनमा भनिएको छ ‘उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् । वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो, उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन् ।’ 

उत्पादन क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा-माल.मुद्राको स्थान अब लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको उनले उल्लेख गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।