Like us!
Follow us!

महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

आज महालक्ष्मी विकास बैंक लिमिटेड,  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य समयोजन भएको हो । 

महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७० रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६४ रुपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

61ca634b71e65.JPG

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २९.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय रूपैयाँ ७७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61ca634c3d03e.JPG

 

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ६५ रूपैयाँ ४२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ९१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61ca634ae0b5f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।